२६ भदौ, एजेन्सी । म्यानमारमा सैन्य सरकारको विरोधमा उत्रिएको जनप्रतिरोध समूहका २० जना मारिएका छन् । गत फेब्रुअरी १ मा सेनाले कु गरेर सरकार हत्याएपछि त्यसको विरोधमा त्यहाँका राजनीतिक दलहरुले केही दिनअघि मात्रै राष्ट्रिय एकताको सरकार गठन गर्दै जनप्रतिरोध युद्ध घोषणा गरेका थिए। यो समूहले म्यानमारमा सैनिक सरकारविरुद्ध दबाब सिर्जना गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको थियो ।

त्यसलगत्तै शुक्रबार देशका विभिन्न ठाउँमा भएका प्रदर्शनमा २० जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । म्यानमारमा यसअघि ८ महिनादेखि जारी सैन्य सरकारविरुद्धका प्रदर्शनमा १ हजार ५८ जनाको मृत्यु भइसकेको छ। सैन्य सरकारले हालसम्म ६ हजार ३०० भन्दा बढीलाई गिरफ्तार गरेको छ। सबैभन्दा धेरै यांगुन र सगाइङमा प्रदर्शनकारीहरु मारिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय