
२४ भदौ, काठमाडौं । अफगानिस्तानको नवगठित तालिबान सरकार विदेशी नागरिकलाई मुलुक छाड्न दिन सहमत भएको छ । अमेरिकी अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानमा रहेका दुई सय अमेरिकी नागरिक र अफगानिस्तानमा रहेका अन्य मुलुकका मानिसले बिहीबार अफगानिस्तान छाड्न लागेका छन् । तालिबानको नयाँ सरकारले उनीहरुलाई मुलुक छाड्न दिने निर्णय गरेको हो ।
तालिबानले नयाँ सरकारको घोषणा गरेको दुई दिनमा नै उसले विदेशी नागरिकलाई बाहिरिन दिने निर्णय गरेको हो । अमेरिकाले तालिबानसँग निरन्तर आफ्ना नागरिकलाई बाहिरिन दिन दबाब दिँदै आएको थियो । केही समयअघि अमेरिकाले आफ्नो विमानलाई मजार ई शरिफ शहरबाट तालिबानले लड्न नदिएको बताएको थियो । उनीहरु अझैसम्म पनि त्यहीं फसेका हुन् वा होइनन् भन्ने विषयमा भने अझै स्पष्ट भएको छैन ।
तालिबानले अफगानिस्तानमा बनाएको नयाँ सरकारलाई अहिले विश्व समुदायले नै चासोका साथ हेरेको छ । अमेरिकाले तालिबानको सरकारलाई मान्यता दिन हतार नगर्ने बताएको छ । साथै तालिबानलाई उसको शब्दबाट नभई उसको व्यवहारबाट मूल्यांकन गर्ने अमेरिकाले बताएको छ ।