काठमाडौं २४ भदौ । अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले अफगानी जनतासँग माफी मागेका छन् । यूएईमा शरण लिइरहेका गनीले बुधबार ट्विटरमार्फत एक विज्ञप्ति जारी गर्दै माफी मागेका हुन् । तालिबान लडाकुले गएको अगस्ट १५ तारिखमा काबुल कब्जा गरेसँगै गनीले देश छोडेका थिए ।

विज्ञप्तिमा गनीले अफगानिस्तानका ‘जनतालाई त्याग्ने अभिप्राय कहिल्यै थिएन’ भनेका छन् । उनले आफ्नो कार्यकाल पनि स्थिरता र समृद्धि सुनिश्चित नगरी पूर्ववर्तीको जस्तै दुःखान्त भएको भन्दैै पश्चताप व्यक्त गरेका छन् । पूर्वराष्ट्रपति गनीले लाखौँ डलर लिएर भागेको भनी आफूमाथि लागेको आरोपलाई ‘पूर्णतया मिथ्या’ भन्दै अस्वीकार गरेका छन् ।

उनले आफ्नो अभिव्यक्तिको सच्चाइलाई प्रमाणित गर्न संयुक्त राष्ट्रसंघ (यूएन)को मातहतमा अथवा अरू कुनै स्वतन्त्र निकायको आधिकारिक लेखापरीक्षण अथवा वित्तीय अनुसन्धानलाई स्वागत गर्ने बताएका छन् । आफ्नानिकट सहयोगीहरू पनि सार्वजनिक लेखापरीक्षणको लागि तयार रहेका उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय