![](https://eprabhatkhabar.com/wp-content/uploads/2021/09/cricket.jpg)
भदौ २२, काठमाडौं । पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रियमा नेपालले समन्य लक्ष्य पाएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले नेपाललाई जितका लागि १ सय ३५ रनको लक्ष्य दिएको छ । नेपाली बलर चम्किएको खेलमा पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनायो ।
पीएनजीका लिगा सिआकाले सर्वाधिक ३० रन बनाए । त्यस्तै चार्लेस अमिनीले २३ रन जोड्दा गौडी टोकाले २२ रन बनाए । यस्तै किप्लिन डोरिगा १५ रनमा आउट हुँदा सेसे बाउ १४ रनमा आउट भए । कप्तान असाद भाला ४ रनमा आउट हुँदा टोनी उरा र नोसिना पोकाना १÷१ रन तथा जासन किला र डामिन राभु सुन्य रनमा पेभेलियन फर्किए ।
चाड सोपेर १७ रनमा अविजित रहे । पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । डेब्यु खेलाडी बिक्रम सोब र कुशल मल्लले २÷२ विकेट लिए । सोमपाल कामीले एक विकेट लिए । दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेलिरहेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो।