२१ भदौ, काठमाडौं । आगामी अक्टोबर–नोभेम्बरमा यूएई र ओमानमा आयोजना हुने आईसीसी टी-२० विश्वकपका लागि पाकिस्तानको टिम घोषणा भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले सोमबार बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।

पीसीबीले अनुभवी र सन्तुलित टिम घोषणा गरेको जनाएको छ । तर टोलीमा ओपनर फखर जमान, शोएब मलिक, हैदर अली, वाहाब रियाज जस्ता खेलाडी पर्न असफल भए ।

टिममा आसिफ अली र खुशदील शाहले भने पुनरागमन गरेका छन् । यही टिमले नै न्युजिल्याण्ड र इंग्ल्याण्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने पीसीबीले जनाएको छ । टिममा ५ ब्याट्सम्यान, २ विकेटकिपर ब्याट्सम्यान, ४ अलराउण्डर र ४ फास्ट बलर रहेका छन् । टिमसँगै भ्रमण गर्नका लागि तीन जना वैकल्पिक खेलाडी पनि तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय