काठमाडौं भदौ २० । इस्लामिक स्टेट (आईएस) नामक आतंकवादी समूहले इराकमा १३ जना प्रहरीको हत्या गरेको छ । देशको उत्तरी भागमा रहेको एउटा चेकपोइन्टमा आज बिहान उक्त आक्रमण गरिएको हो ।

किर्कुक शहरभन्दा ६५ किलोमिटर पर रहेको अल–रशदमा मध्यरातको केही समयपछि आक्रमण गरिएको एक वरिष्ठ प्रहरी अधिकारीले एएफपी समाचार संस्थालाई बताए । आईएसले सन् २०१४ मा इराकका धेरै भूभागमा कब्जा गरेको थियो । तर पछि अमेरिकी नेतृत्वको प्रतिसैन्य अभियानले त्यसलाई परास्त गरेको थियो ।

इराक सरकारले सन् २०१७ को अन्त्यतिर सुन्नी अतिवादीहरू परास्त भएको घोषणा गरेको थियो । तर आईएसको स्लीपर सेलले सुरक्षाकर्मीहरूमाथि आक्रमण जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय