काठमाडौं २० भदौ । पाकिस्तानको क्वेटा सहरमा आज भएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ । २० जना घाइते भएका त्यहाँको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा १८ जना सुरक्षाकर्मी र दुई जना प्रत्यक्षदर्शी छन् । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बलोचिस्तान प्रान्तका वरिष्ठ प्रहरी अधिकारी अजहर अक्रामले बताए ।

प्रतिबन्धित तेहरिक–आइ–तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ । ६ केजी विस्फोटक पदार्थ पोको पारी एउटा मोटरसाइकलमा आएका व्यक्तिले सुरक्षाकर्मीको एउटा गाडीमा आक्रमण गरेको प्रहरीले जनाएको छ । घटनाको प्रधानमन्त्री इमरान खानले निन्दा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय