१२ भदौ ढाका । बंगलादेशको ब्राहमनबारिया जिल्लामा डुंगा दुर्घटना हुँदा २१ यात्रुको मृत्यु भएको छ । २० जना घाइते भएका छन् भने ५० जना वेपत्ता छन् । करिब १०० भन्दा बढी यात्रु बोकिरहेको डुंगा बिजयनगर क्षेत्रमा दुर्घटना भएको थियो । स्थानीय प्रहरी इमरानुल इस्लामका अनुसार शुक्रबार राति डुंगा दुर्घटना भएको थियो । घटनाबारे प्रहरीले थप छानविन गर्ने जनाएको छ ।

डेली स्टार न्युजका अनुसार विपरीत दिशाबाट आइरहेको कार्गोले डुंगालाई ठक्कर दिँदा डुंगा पानीमुनि डुबेको थियो । दुर्घटना भएको क्षेत्र बंगलादेशको राजधानी ढाकादेखि ८२ किलोमिटरको दूरीमा छ । गत मे महिनामा पदमा नदीमा डुंगा दुर्घटना हुँदा २७ मानिसको मृत्यु भएको थियो । सन २०१५ मा कार्गो बोट दुर्घटना हुँदा ७८ मानिसको मृत्यु भएको थियो । बंगलादेशका नदीमा हरेक वर्ष डुंगा दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय