
—डिल्ली बस्नेत ‘संगीत’
थरिथरिको सपना
चित्रविचित्रको सपना
कोही काँचो सपना
कोही साँचो सपना
सम्हाल्दै आफूलाई उठे पुग्छ,
मन मष्तिष्क जुटे पुग्छ
निदाउनु पर्दैन सपना देख्न
आफ्नो भविष्य आफै लेख्न ।।
सपना देख्नु सामान्य कुरा जस्तो लाग्छ । सपना सामान्य मान्छेले पनि देख्छ । तर, त्यो सपना सामान्य भएर बाँचिरहन्छ । अभाव र अशिक्षाले हरबखत उसलाई गाँजिरहन्छ । किन ? किनकी उसको सपना वलियो थिएन । सपना देख्न साहस चाहिन्छ । सपना त्यो होइन जो सुतेर मात्र देखिन्छ । सपना त्यो हो जो हिड्दा हिड्दै देख्न सकिन्छ । तपाई सपना देख्न चाहानुहुन्छ रु यदि चाहानुहुन्छ अँध्यारो सपना होइन उज्यालो सपना देख्ने गर्नुहोस् ।
जिन्दगीमा तपाई जे पनि गर्न सक्नुहुन्छ । सपना सदैव लक्ष्यसंग जोडिएको हुन्छ । लक्ष्य विहीन सपना कहिल्यै पनि सार्थक हुनसक्दैन । सार्थक सपनाको लागि जिन्दगीलाई लक्ष्यसंग जोड्न सक्नु भनेकै वास्तविक सफलता हो । यद्यपि, हरेक मान्छेको आआफ्नै लक्ष्य होला । हरेक मान्छे लक्ष्यमा पुग्न चाहान्छन् नै । तैपनि, त्यो लक्ष्यमा पुग्न अगावै मान्छेले विचमै धर्यता गुमाउँछ । कारण खोतल्दै जाँदा धेरै हुनसक्छन् । धेरै कारणहरु मध्येको एक कारण योजनाको अभाव हो ।
विना योजनाको लक्ष्य एक कोरा चाहाना हो । हरेक मान्छेले अरुलाई हेरेर आफ्नो सपना बनाउँछ । अरु जस्तै बन्न आफू लालायित बन्छ । तर, उभित्रको क्षमता र प्रतिभालाई उसले कहिल्यै चिन्न सक्दैन । र, सकेन पनि । हरेक मान्छेभित्र कला, क्षमता र प्रतिभा हुन्छ । नाँच्ने, गाउने, बोल्ने, चित्रकला, बस्तुकला, खेल्ने लगाएत अरुलाई प्रभाव पार्ने हरेक कलाहरु हरेक मान्छेमा हुन्छ । तर, हामीले कहिल्यै पनि ख्याल गरेनौ कि मभित्र के कला छ रु मैले के गर्न सक्छु रु मेरो जन्मको सार्थकता के हो रु हामी सदैव अरुजस्तै बन्न चाह्यौ । आफूजस्तो कहिल्यै बन्न चाहेनौँ । सदैव फोटोकपी बनेर बाँच्न चाह्यौँ । हामीभित्रको मूख्य गुदीलाई चिन्न सकेनौँ ।
ख्याल गर्नुहोस् मुल कपी र फोटोकपीमा आसमानको फरक छ । आफू आफूजस्तै भएर बाँच्नु भनेको मूल कपी हो । आफू अरुजस्तै भएर बाँच्न खोज्नु भनेकै वास्तवमा फोटो कपी हो । त्यसैले लक्ष्य लिएर जिन्दगीलाई अगाडि बढाउन योजनाहरु बनाउन सक्नु भनेकै जिन्दगीमा सफल हुनु हो । कोही गायक बनेको देखेर गायक बन्न खोज्नु , चलचित्रको नायकलाई देखेर आफूलाई नायकको कल्पनामा डुबाउनु र कसैको बोलीको प्रभावमा भावनामा बहकिएर आफ्नो मनलाई बहकाउने मान्छे जिन्दगीमा कहिल्यै पनि अगाडि बढ्न सक्दैन ।
हामीले बाह्य दुनियामा हरेक प्रश्न गर्यौँ । हरेक प्रश्नहरुको उत्तर पनि दियौँ । तर, ती प्रश्न र उत्तरहरु भौतिक दुनियाको सतही बनेर गए । बाह्य दुनियाको प्रभावमा परेर हामी केही क्षण रमायौँ । हाँस्यौँ, खेल्यौँ र कुद्यौँ पनि । तैपनि, हामीभित्रको संसार शून्यतामा कावा खाइ रह्यो । शून्यताले हामीलाई डस्न कहिल्यै छोडेन । हामी हाँस्दा हाँस्दै रुन बाध्य भयौँ । खेल्दा खेल्दै हाम्रा पाइलाहरु टक्क अडिन बाध्य भए । फलस्वरुप, हामी मौनताको कैदी भएर बाँच्न विवश भयौँ । बाह्य दुनियाको ऐनामा हामीले आफ्नो चेहरालाई सजाउन खुवै कोशिस गर्यौँ । तर, अन्तरमनको दुनियामा हामी कलंकित बनिरह्यौँ ।
बाहिरको ऐनामा तपाई आफूलाई जस्तो पनि देखाउन सक्नुहुन्छ । बाहिरको दुनियालाई तपाई आफ्नो अनुकुल बनाउन सक्नुहोला । तर, अन्तरमनको दुनियालाई तपाई आफ्नो अनुकुल बनाउन सक्नु भएन भने जिन्दगीभर अँध्यारोमा बाँच्न बाध्य हुनुपर्नेछ ।
अन्तरमनको दुनियालाई आफ्नो अनुकुल बनाउन माइन्ड पावर मज्बुत बन्नुपर्छ । माइन्ड पावर भनेकै इच्छाशक्ति हो । मनको आन्तरिक उर्जा हो । शरीर जतिसुकै बलियो भए पनि मनमा उर्जा छैन भने कुनै पनि कामको प्रतिफल दीगो हुनसक्दैन । यतिवेला मलाई एउटा कहानीको याद आयो । गाउँमा पानीको हाहाकार परेछ । त्यो गाउँमा धारा कुवा, इनार कसैको पनि थिएन । सबैजना खोलाको पानी पिउने गर्थे । गाउँदेखि खोला धेरै टाढा थियो । घण्टौ हिडेर पानी ल्याउनु पथ्र्यो ।
गाउँका मान्छेलाई पानीको ठूलो समस्या थियो । त्यो दर्दनाक अवस्थालाई देखेर गाउँकै एक जना मान्छेले कुवा खन्ने सोँच बनाएछ । कुवा खन्ने लक्ष्य लिएको मान्छेले कुवा कहाँ खन्ने भनेर आफ्नो घरको वरिपरि खुवसंग नियालेछ । खुवा खन्नको लागि घर वरिपरिको जग्गाको छनौट गर्दै एक महिनाभित्रमा कुवा खनिसक्ने योजना पनि बनाएछ । कुवा खन्नको लागि चाहिने औजारहरु लिएर केही समय पछि उ कुवा खन्नको लागि जुटेछ । उसको योजना मुताविक कुवा खन्न शुरु भयो । करिव करिव १० हात खनिसकेपछि उसलाई त्यहाँबाट पानी निस्किदैन भन्ने लागेछ । उसले त्यो ठाउँ बन्द गरि अर्को ठाउँ खन्न सुरु ग¥यो । खन्दै जाँदा जमिन मुनिबाट कंक्रिट ढुंगाहरु निस्किन थालेछन् । त्यो देखेर उसलाई लागेछ । अहो १ यहाँ पनि पानी निस्किन गाह्रो छ ।
केही समय पछि त्यहाँ पनि खन्न बन्द गरेर अर्को ठाउँमा खन्न थालेछ । खन्दै जाँदा गाउँकै एक जना मान्छेले भनेछ, ‘तिमी पनि कस्तो मुर्ख मान्छे हौ, यस्तो ठाउँमा पानी निस्किन्छ रु पानी निस्किनको लागि बलौटे माटो चाहिन्छ । ’ उसको कुरा सुनेर कुवा खन्ने गाउँले एकछिन सोचमग्न भएछ । घर अगाडि बलौटे माटो देखिए पछि खुसि हुँदै त्यहाँ खन्न थालेछ । करिव करिव १५ हात खनिसकेपछि अर्को गाउँले आएर भनेछ, ‘अरे, दुख नगर भाई । यो गाउँमा कुवा खनेर पानी निस्किदैन । मैले गत साल ३० हात खन्दा पनि पानी ननिस्किएर त्यसै छोडेको । अव तिमीले के सकौला रु उसको कुरा सुनेर उसको जोश जाँगर ह्वात्तै घटेछ । उसले आफ्नो परिश्रम व्यर्थैमा गएको ठान्दै निराश हुनथालेछ । त्यसपछि उसको मनमा कहिल्यै पनि कुवा खन्ने सोच पलाएन ।
अव ख्याल गर्नुहोस् गाउँलेले कुवा खन्ने लक्ष्य लिएकै थियो । के पुरा भयो रु खुवा खन्ने योजना पनि बनाएकै थियो । योजना मुताविक अगाडि पनि बढेकै थियो । तैपनि, उ सफल हुन सकेन । किन रु किनकी उसले धैर्यता गुमायो । कुवा खन्दै जाँदा ५ ठाउँमा १०÷१० हातका दरले खाल्डो खन्यो । उसले करिव ५० हात बराबरको खाल्डो खनिसक्यो । अन्तमा उ निराश भएर पछि हट्नु पर्यो । यदि उसले एकै ठाउँमा ५० हात बराबरको खाल्डो खनेको भए अवश्य पनि पानी भेट्न सक्थ्यो । र, उसको कुवा खन्ने लक्ष्य पुरा हुन्थ्यो ।
सफलताको सिढी लक्ष्य र योजनासंगै धैर्यतासंग जोडिएको हुन्छ । हामीभित्र धैर्यताको कमी छ कि छैन ? त्यो कुरा समयमै ख्याल गर्न सकिएन भने सफलता हात लाग्दैन । धैर्यता भनेकै निरन्तरता हो ।
कुनै पनि काममा अगाडि बढ्नु ठूलो कुरा होइन । निरन्तरता दिनु जीवनको अपरिहार्य तत्व हो । लागि सबथोक गुमाउनु पर्छ । तर, हामी कमाउनमा बानी परेका छौँ । गुमाउन हामी केही चाहाँदैनौं । लक्ष्यहरु भनेको जीवनको मार्ग चित्र हो । त्यही मार्गचित्रको आधारमा जीवन अगाडि बढ्न सक्नु पर्छ । अन्यथा, सपना सपनामै सिमित हुन्छ ।
अस्तु