काठमाडौं – पाँच गोलको थ्रिलरमा बायर्न म्युनिखले कोलोनलाई हराउँदै बुन्डेस लिगाको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा बायर्न ३–२ गोलले विजयी भएको हो । पहिलो खेलमा बायर्न बोरुसिया मोचेनग्लाडबाचसँग बराबरीमा रोकिएको थियो ।

खेलको ५० औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ८ मिनेटपछि सर्जी ग्नाब्रीले बायर्नको अग्रता दोब्बर बनाए । तर, लगत्तै एन्थोनी मोडेस्टे र मार्क उथले गोल गर्दै खेल बराबरी गरे । ७१ औँ मिनेटमा ग्नाब्रीले अर्को गोल गर्दै टोलीलाई जीत दिलाए ।

लेवान्डोस्कीले पछिल्ला १२ वटा लिग खेलमा गोल गरेका छन् । यसक्रममा उनले १९ गोल गरेका छन् । पछिल्लो पटक लिगमा उनले गत फेब्रुअरीमा गोल गर्नबाट चुकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय