भदौ ५ सिड्नी । कोरोनाभाइरस संक्रमण रोकथामका लागि अष्ट्रेलियामा जारी लकडाउनविरुद्ध हजारौंजना सडकमा उत्रिएका छन् । सीएनएनका अनुसार आज अष्ट्रेलियामा महामारी सुरु भएयताकै सर्वाधिक संक्रमण पुष्टि भएको छ ।

अष्ट्रेलियाका दुई उच्च जनघनत्व भएका सहरहरु सिड्नी र भिक्टोरिया रहेको राज्य न्यू साउथ वेल्समा मात्र शनिबार एकैदिन ८८६ जनामा भाइरस पुष्टि भएको छ । अहिले त्यहाँ कोरोनाको संक्रामक प्रजाति डेल्टा फैलिएको छ । जसमा ८२५ जना स्थानीय संक्रमण छन् र जसमध्ये तीनजनाको मृत्यु भएको छ । आज आयोजित प्रेसमिटमा न्यू साउथ वेल्सका प्रमुख ग्लाडिज ब्रेकलिनले डेल्टा संक्रमणको कारण उच्च सतर्कता अपनाइएको बताए ।

शनिबार सिड्नी, मेलबर्न र ब्रिसबेनमा लकडाउनविरुद्ध प्रदर्शन भएको छ । सिड्नीमा भीडभाड नगर्न प्रहरीले दिएको आदेशको बाबजुद पनि प्रदर्शन भएको छ । मेलबर्नमा सयौं प्रदर्शनकारीले बिना मास्क प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय