काठमाडौं – भारतले दोस्रो टेस्टमा इङ्ग्ल्याण्डलाई हराउँदै ५ टेस्टको शृङ्खलामा १–० को अग्रता बनाएको छ । लर्डस मैदानमा खेलिएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई १५१ रनले हरायो । जसप्रीत बुमराह र मोहम्मद शमीको ८९ रनको साझेदारीपछि भारतले इङ्ग्ल्याण्डसामु जीतका लागि २७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा इङ्ग्ल्याण्डको टोली १२० रनमा अलआउट भयो ।

इङ्ल्याण्डलाई सस्तोमा समेट्न मोहम्मद सिराजले ४ विकेट लिए । उनीले जस बटलर, मोइन अली, स्याम करन र जेम्स एन्डरसनलाई आउट गरे । उता, बुमराहले ३, इशान्त शर्माले २ र शमीले १ विकेट लिए । भारतका तीव्र गतिका बलरहरुले दुई पारीमा कूल १९ विकेट लिए ।

भारत र इङ्ग्ल्याण्डबीच हालसम्म १२८ टेस्ट खेल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय