श्रावण ३२ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा पपुवा न्युगिनी (पीएनजी) सँग दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज नेपाली टोलीले पीएनजीसँग दुई एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने जनाएको छ । नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ मा खेल्ने क्यानले जनाएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।