३१ साउन, काबुल । अफानिस्तानका राष्ट्रपति अशरफ घानीले राजीनामा दिने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घानीले अबको केही घण्टामै राजीनामा दिँदैछन् । समाचार एजेन्सी एएनआईका अनुसार घानीले बिद्रोही समूह तालिबानलाई सत्ता हस्तान्तरण गर्न लगेका हुन् ।

एएनआईले समाचार एजेन्सी ‘द खाम प्रेस’ लाई उद्धृत गर्दै अब बन्ने अन्तरिम सरकारको नेतृत्व जर्मनीका लागि अफ्गानिस्तानका पूर्व राजदूत अलि अहम्मद जलालीले गर्ने पनि उल्लेख गरेको छ । तालिबानले शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुपर्ने भनी प्रस्ताव गरेपछि अहिले त्यस विषयमा छलफलको प्रक्रिया अघि बढेको समाचारमा उल्लेख छ । बिद्रोही समूह तालिबान आजै अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय