३१ साउन, काठमाडौं । पाकिस्तानको कराचीमा भएको ग्रिनेड हमलामा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन्। हमलामा परी ज्यान गुमाउनेमा ३एकै परिवारका सदस्य रहेको बीबीसीले जनाएको छ । जसमा ६ महिला र चार बच्चा रहेका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । मिनी ट्रकमा सवार भएको परिवार विवाहमा सहभागी भएर फर्किँदै थियो। सुरुमा सिलिन्डर विष्फोट भएर दुर्घटना भएको भनिए पनि घटनास्थलमा ग्रिनेड नै विष्फोट भएको प्रमाण पाइएको कराची प्रहरीले जनाएको छ ।

सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहका सल्लाहकार मुर्तजा वहाब सिद्दीकीले ११ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय