श्रावण २४ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा भारतका राकेश कुमार काशिभाई गोहिल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आज राकेशलाई फिटनेस ट्रेनरमा नियुक्त गरिएको जनाएको छ ।

क्यानले आवेदन दिएका ३८ जनाबाट राकेशलाई छनोट गरेको हो । क्यानले गत असार ३० गते फिटनेस ट्रेनरको लागि दरखास्त आह्वान गरेको थियो । फिटनेस प्रशिक्षक राकेश अष्ट्रेलियाबाट लेभल–२ कोर्स उत्तीर्ण फिटनेस प्रशिक्षक हुन् । राकेशसँग भारतको नेसनल एकेडेमी र रणजी ट्रफ्री खेल्ने टिमसँग काम गरेको अनुभव रहेको छ । राकेश नेपाली टिमसँग सामेल भईसकेका छन् ।

नेपाली टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि प्रशिक्षण गरिरहेको छ । क्यानले १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय