काठमाडौं । भारतलाई पराजित गर्दै श्रीलंकाले तीन खेलको टी(२० सिरिज जितेको छ । गएराति भएको तेस्रो तथा अन्तिम टी(२० खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेर घरेलु टोली श्रीलंकाले सिरिज २(१ ले जितेको हो । भारतले दिएको ८२ रनको सामान्य लक्ष्य पछाएको श्रीलंकाले १४।३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

भारतका लागि कुलदिप यादवले अविजित रहँदै २३ रन बनाए । भारतलाई कम स्कोरमा रोक्न श्रीलंकाका वानिन्दु हसारांगाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए ।

भारतका मुख्य खेलाडीहरु टेष्ट क्रिकेटमा व्यस्त रहेकाले शिखर धवनको कप्तानीमा भारतले श्रीलंका टुर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय