काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल बिहान ११:४५ बजे र दोस्रो खेल अपराह्न ४ बजे सुरु हुनेछन्।

रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई हराउने लक्ष्यमा छ।

तीन खेलमा एक मात्र जितेको लुम्बिनी अंक तालिकाको छैटौँ स्थानमा छ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अंकतालिकाको शीर्ष स्थानमा छ। यो टोलीले ६ अंक बनाएको छ।

अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन्। यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय