काठमाडौं । इजराइलले मंगलबार राति गाजा क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ ।
इजरायलले गाजा सहरसँगै, बेत ला र खान युनिससहितका केही अन्य सहरका घर, विद्यालय र बसोबासका लागि बनाइएका भवनहरूमा हवाई आक्रमण गरेको हो ।
हमासका स्वास्थ्य अधिकारीहरू र ‘सिविल डिफेन्स एजेन्सी’ का अनुसार आक्रमणबाट ३३ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । इजरायली अधिकारीहरूले हमासमाथि अमेरिकको पहलमा गरिएको युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका छन् ।
इजरायली रक्षामन्त्री इजराइल केट्जले हमासका तर्फबाट इजरायली सैनिकमाथि अमाक्रमण गरिएको र बन्धकको शव फर्काउनका लागि तय भएका सर्तहरू उल्लंघन भएको आरोप लगाएका छन् ।
उता हमासले आफ्नो तर्फबाट भएको भनिएको आक्रमणमा कुनै संलग्नता नरहेको दाबी गरेको छ । उसले आफू युद्धविरामका लागि पूर्ण प्रतिबद्ध रहेको पनि बताएको छ ।
यसअघि मंगलबार बेलुकी इजराइली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुको कार्यालयबाट जारी संक्षिप्त बयानमा सेनालाई भीषण आक्रमणका लागि निर्देशन दिइएको उल्लेख थियो । तर, आक्रमणको निर्देशन दिनुको कारण भने खुलाइएको थिएन ।




