काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग संयुक्त छलफल गर्ने भएकी छन् ।
आज अपराह्न ४ बजे बालुवाटारमा छलफलका लागि राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच वार्ता हुन लागेको यो पहिलोपल्ट हो । राजनीतिक दल र जेनजी प्रतिनिधिहरू पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।
प्रधानमन्त्री कार्कीले भने राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेकी छन् । फागुन २१ गतेको निर्वाचनका लागि सरकारले छलफललाई तीव्र पार्ने प्रयास गरिरहेको छ ।




