काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सार्वजनिक भएका छन् ।

उनले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गरेका छन् ।

आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिएर राखेको थियो ।

जेनजी युवा आन्दोलनको क्रममा माओवादी केन्द्रीय कार्यालयमा आगजनी भएको थियो ।

हिजो नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि पार्टी कार्यालय अवलोकन गरेका थिए ।

अहिले माओवादी कार्यकर्ताहरुले पार्टी कार्यालय सरसफाइ गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय