
निर्दोष नेपाल
जिबनको नयाँ अध्याय सुरु भएको छ ,
हरेक पाठ हरु संगै अन्तिम पाना पल्टाउदै गर्दा ,
म खोज्नेछु…
शुख दुख…
आफ्नो बिरानो…
भोगाइ सिकाइ गल्ती कमि कमजोरी…….
समयको यो परिधिभित्रऔंला उठाउने र औंला समाउने हरुको सामिप्यताको कडि
संसारिक मोह माया धन दौलत र जीवनकालका सम्बन्ध हरु !
म किन म को म कस्का लागि र को मेरा लागि
म संगै जोडिएका सम्बन्ध हरुले प्रश्न तेर्साए
र त ?अनुत्तरित जीवन बाच्नुको अर्थ
कर्कलाको पातमा अडाएको बुद
हरेक सुर्योदय र सुर्यास्त भित्र
पारी देखिने ठूलो पहाडको थुम्को लाई सोध्न मन छ ,हरेक सुरु हरेक अन्त्य भित्र
घाम पानी
सितलता गर्मी
समय संगै फेरिने पृथक रितु हरु
फुल्दै गरेका फुल हरु
पलाउदै गरेका पालुवा हरु
उम्रदै गरेका बिज हरु
बिज फुल फल अनि
नाङ्गा डालिहरुका भरिएका कथा , र झरेका ब्यथामा
म खोज्दै हिडे जिबनको औचित्य
विधि बिचार बिधान
इज्जत स्वाभिमान
फगत उस्को दृष्टिकोणलाई मैले
मेरो जीवन बनाए र उस्का आखाले
छुट्टाएका सहि र गलत भित्र पौडी रहे
स्वासको उपस्थिति हुँदै चिनिन र सकियो
अन्तिम पाना जीवन को ———
नत फेरि पल्टाउन सक्छु पृठहरु
नत सच्याउन सक्छु पुस्तिका
नत परिक्षाको मौका दिन्छ जिन्दगी
मौन परिधिभित्र समाजले थुपारेका
वर्गसंघर्ष भित्र चिन्न सकिन
तेसैले म मेरो किताबको शीर्षक
म आफै लेख्नेछु
मौन सिथिल अनुत्तरित घेराभित्र
पृथक पृथक पृथक जिन्दगी !!!!