काठमाडौं । एसीसी टी–२० एशिया कपमा श्रीलङ्काले हङकङलाई चार विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले लगातार दोस्रो जित सहित शीर्ष स्थानमा रहँदै सुपर चार को सम्भावना बलियो बनाएको छ ।

हङकङले दिएको एक सय ५० रनको लक्ष्य श्रीलङ्काले १८ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलङ्काको जितमा ओपनर पाथुम निसांकाले ६८ रन बनाए ।

हङकङका कप्तान यासिम मुर्तजाले दुई विकेट लिए । त्यसअघि दुबई क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ४९ रन बनाएको थियो ।

हङकङका निजाकत खानले सर्वाधिक ५२ रन बनाए । समूह बी मा रहेको श्रीलङ्का दुई खेलमा चार अङ्कका साथ शीर्ष स्थानमा छ । श्रीलङ्काले अन्तिम खेल पर्सि अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय