ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीका अगुवाहरूले पछिल्लो समय चुनाव हुन नदिने भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनीहरूले स्वर फेरेको टिप्पणी गरेका छन् ।

उनले जेनजीहरूको बुद्धि नपलाएको पनि बताएका छन् ।

महानगरको १०७औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले यस्तो बताएका हुन् । महर्जनले अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ सरकारलाई हस्तान्तरण गर्नुपर्ने कार्यादेश रहेको बताए ।

“सम्माननीय प्रधानमन्त्रीको काम जो छ, फागनु २१ गते चुनाव गराएर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । तर, मलाई चाहिँ चिसो यस अर्थमा परिरहेको छ की, जेनजीले आमा भन्नुहुन्छ । तर, पछिल्लो कालखण्डमा जेनजीको स्वर परिवर्तन गरिरहेको छ । यो भन्न पाइँदैन । चुनाव गर्नैपर्छ, हुनैपर्छ,” महर्जनले भने ।

चुनव गर्न दिन्नौँ भन्न नहुने पनि उनले बताए । “पछिल्लो समय जेनजीले चुनाव गराउँदैनौँ भन्ने कुरा व्यक्त गरेको छ । त्यो गर्नुहुँदैन । जेनजीहरू साना भाइबहिनीहरू छन् उनीहरूको बुद्धि पलाएको छैन । बुद्धिचाहिँ पलाओस्, महर्जनले भने, उहाँहरूको आमाले गर्नुखोज्नुभएको चुनावको काम छ, त्यसमा सफलिभूत गराउनको निमित्त उहाँहरूले सहयोग गर्नुपर्छ ।”

महानगरको स्थापना दिवसमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय