
काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले एकैपटक ९० डीएसपीको सरुवा तथा काजमा सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवारकाज भएको मानवश्रोत विकास विभागले जनाएको छ ।