काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ ।

एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिटरवर्किङ दुवै भिसा बन्द गरेको छ ।

उनले कहिलेसम्मका लागि बन्द भएको भन्नेबारे ठोस जानकारी नभएको बताए । हालको नेपालको अवस्थालाई मध्यनजर गरेर वर्किङ भिसा पनि बन्द भएको हुनसक्ने आकलन गरिएको छ ।

तर नेपाली दूतावासलाई यूएई पक्षले केही पहिलेनैदेखि बेथिति बढेको जनाउ दिँदै नेपालीलाई रोक लाग्न सक्ने चेतावनी दिँदै आएको थियो ।

भिजिट भिसाको नाममा फ्रिल्यान्सर र भिजिट भिसा भन्दै ठग्ने बिचौलियाहरूको ठगी धन्दा मौलाएको समेत थियो । अबुधाबीस्थित नेपाली दूतावासले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ।

वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय