११ साउन, काठमाडौं । भारतको दिल्लीमा कोरोना कहरले बन्द भएका फिल्महल आजदेखी सञ्चालनमा आएका छन् । भारतमा दोश्रो चरणको कोरोना महामारीका कारण बलिउड नराम्रोसँग प्रभावित बनेको थियो ।

पहिलो चरणको कोरोनाबाट विस्तारै बाहिर निस्कदै गर्दा दोश्रो लहरले झनै आक्रान्त पारेपछि बलिउड नगरी पनि अस्तव्यस्त बनेको थियो । चलचित्रको छायांकनदेखि रिलिजका सम्पूर्ण काम रोकिएपछि कलाकारहरु कामविहिन बनेका थिए । कैयौं प्राविधिकहरुलाई समस्या उत्पन्न भएका थिए ।

तर, भारतमा कोरोना महामारीको दोश्रो लहर कम हुँदै गएपछि भने आजबाट दिल्लीमा हल खुलेका हुने । दिल्ली सरकारले ५० प्रतिशत अकुपेन्सीमा हल संचालनको अनुमती दिएको हो । यसले, प्रदर्शकहरुलाई केही हदसम्म भएपनि राहत दिएको छ । दिल्लीमा कोरोनाको केस कम भएपछि विस्तारै हरेक क्षेत्रहरु पुरानै लयमा फर्किएका छन् ।

यसैविच, बलिउड चलचित्रका वितरकहरु महाराष्ट्रमा हल खुल्ने दिनको प्रतिक्षामा छन् । महाराष्ट्र सरकारले अहिलेसम्म हल खोल्न दिने बिषयमा निर्णय गरेको छैन । बलिउड चलचित्रले सबैभन्दा बढी व्यापार नै महाराष्ट्रबाट गर्छन् । बलिउडका वितरकहरु महाराष्ट्रमा पनि हल संचालन गर्न दिने निर्णय भएको खण्डमा अगष्ट १५ बाट नायक अक्षय कुमारको ‘बेलबटम’ रिलिज हुने आशा व्यक्त गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय