काठमाडौं । नाबालिका बलात्कारको आरोप लागेका नायक पल शाहविरुद्धको अनुसन्धान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो । पलविरुद्ध तीनपटक म्याद थपिएको छ । पहिलोपटक सात दिन,दोस्रोपटक १२ दिन र तेस्रो पटक पाँच दिनको म्याद थपिएको छ ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय