![](https://eprabhatkhabar.com/wp-content/uploads/2022/03/nepalidol4_20220319011936.jpg)
काठमाडौं । नेपाल आइडल सिजन(४ को फाइनल आज हुँदैछ । बुद्धनगरस्थित एपीवान टेलिभिजनको स्टुडियो परिसरमा भव्य रूपमा फिनालेको आयोजना हुँदैछ । साढे ५ बजे सुरु हुने फिनाले एपीवान टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ।
फाइनलमा झापाका विश्वास उप्रेती, भैरहवाका भूपेन्द थापा मगर, मोरङकी लक्ष्मी पौडेल, झापाका नाम्गेल तामाङ र रामेछापका रञ्जित नेपालीबीच प्रतिस्पर्धा हुँदै छ।
गत मंसिर २३ गतेदेखि एपीवान टेलिभिजनमा प्रशारण थालिएको नेपाल आइडलले उत्कृष्ट पाँचमध्येबाट कसलाई विजेता पाउनेछ भन्ने चासो सर्वत्र छ ।
नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलका अनुसार विजेताले २७ लाख ५० हजार, फस्ट रनरअपले ५ लाख र सेकेन्ड रनरअपले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नेपालमा पहिलो पटक फ्रेन्चाइज गायन रियालिटी शोको सुरुवात गरी सिजन(४ सम्म सफल बनाउन पाउँदा सम्पूर्ण टिम नै निकै खुसी भएको पौडेलले जानकारी दिए ।
उनले निर्देशकीय भूमिकामा रहेर नेपाल आइडललाई नेतृत्व गर्ने अवसर पाएकोमा पनि खुसी व्यक्त गरेका छन् । आइडललाई जिम्मा लिनु अवसरसँगै चुनौती पनि बराबरी नै महसुस गर्दै सिजन(४ सम्म आउन सफल भएको बताए ।