सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगर तनावग्रस्त बनेको छ । वीरेन्द्रनगरमा गरिएको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिएको छ । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीले राजनीतिक दल बिरुद्ध चर्का नाराबाजी समेत गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नगर प्रहरी वीरेन्द्रनगरका प्रहरी प्रमुख लालबहादुर सुनारसहित २० जना प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार दुईजना सर्वसाधारणसमेत घाइते छन् । प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० संसद्बाट अनुमोदन भएको विरोधमा आठ राजनीतिक दलले सोमबार गरेको नेपाल बन्दका क्रममा सुर्खेत तनावग्रस्त बनेको थियो । बन्दकर्ताले सोमबार बेलुका ७ बजेतिर वीरेन्द्रनगर-६ गोदामलाइनमा रहेका कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको कार्यालयमा तोडफोड तथा आगजनी गर्न खोजेका थिए । आन्दोलनकारीले विभिन्न पार्टीका कार्यालय तोडफोड र आगजनीको प्रयास गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।

सोमबार बेलुका सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।  । स्थिति नियन्त्रणमा लिन वीरेन्द्रनगर बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

एमसिसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा ९मशाल०, नेकपा ९क्रान्तिकारी माओवादी०, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा ९ऋषि कट्टेल० र वैज्ञानिक समाजवादी कम्युनिस्ट पाार्टीले सोमबार नेपाल बन्दको आह्वान गरेका थिए । बन्दका कारण वीरेन्द्रनगरमा दिनभर आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय