सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले आज मङ्गलवार नै शपथ लिनुहुने भएको छ । उहाँले शपथ लिने कार्यक्रम आज राति साढे आठ बजेका लागि तय भएको हो ।

शपथपछि उहाँले आज नै कार्यभार सम्हाल्नुहुने बताइएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो सोमवार राजीनामा दिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न आज बेलुका ७ बजेसम्म आह्वान गर्नुभएको थियो । त्यहीअनुसार जीवनबहादुर शाहीले आज दाबी पेस गर्नुभएको थियो ।

मुख्यमन्त्री दाबी पेस गर्नुभएका शाहीलाई आफ्ना दलकासहित माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी ० पार्टीको २१ जना प्रदेश सभा सदस्यको समर्थन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय