काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा देशभर थप २ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । यस्तै, मंगलबार थप १८३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ४३ हजार ८८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार ४०० रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय