भारतमा थप २७ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतभर कोरोनाका कारण २८४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यस्तै, भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोण संक्रमितको संख्या एक हजार ५२५ पुगेको जनाइएको छ । त्यसमध्ये ओमिक्रोनका सबैभन्दा बढी ४६० संक्रमित महाराष्ट्रमा छन् ।




