दाङ । व्यक्ति हत्याको अभियोग लागेका विवेकसिंह ठकुरी विक्की सहित चारजनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । उनीहरूले २०७६ साल असार २८ गते तुलसीपुर १२ उरहरीमा सोही ठाउँका पाटेबाघ भनेर चिनिने रामबहादुर केसीको हत्या गरेको अभियोग लागेको थियो ।

दाङ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै शनिबार जन्मकैदको फैसला सुनाएको हो । अदालतका अनुसार विक्कीसहित सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई पनि जन्मकैदको सजाय तोकिएको छ । सोही घटनामा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ बर्ष कैद सजाय सुनाइएको छ ।

उनीहरूले केसीलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । जन्मकैद तोकिएका विक्की अपराधिक पृष्ठभूमिका हुन् । उनले २०६९ मंसिर ३० गते दाङको मोतिपुरका जितबहादुर चौधरीको पनि गोली हानी हत्या गरेका थिए । त्यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले उनलाई अदालतले सुधारगृह पठाएको थियो । सुधारगृहबाट फर्किएपछि विक्की तुलसीपुरलाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय