काठमाडौं – प्रदेश १ मा मंगलबार मुख्यमन्त्री, चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

मुख्यमन्त्री राजेन्द्र राई, नेपाली कांग्रेसबाट २ जना, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट १र१ जना मन्त्रीले मंगलबार नै शपथ ग्रहण गर्ने सत्तारुढ गठबन्धनका एक नेताले जानकारी दिए ।

काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री बन्ने स्रोतको भनाइ छ ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बन्ने भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय