काठमाडौं – लिबियामा शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरुको मेडल परेड सम्पन्न भएको छ । कार्तिक ९ मा युएन मिसन लिबियाका प्रमुख जान कुबिसको प्रमुख आतिथ्यका मेडल परेड आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सुचना दिर्नेशनालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनाका लागी खटिएका स्पेशल गार्ड युनिट तेस्रो डफ्फामा सहभागी सैनिकको मेडल परेड समारोहमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

मेडल परेड समारोहमा लिबिया मिशनमा सहभागी उच्च पदस्थ अधिकारी तथा स्थाफहरुको उपस्थिती थियो । समारोहका मुख्य अतिथि जान कुबिसले द्वन्दग्रस्त मुलुकमा शान्ति स्थापनाका लागी नेपाल सेनाले गरेको योगदानको प्रसंसा गरेका थिए । कुबिसले नेपाली सैनिकको व्यावसायीक क्षमताको पनि खुलेर प्रशंसा गरेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय