काठमाडौं । लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चालित लक्ष्मी उन्नति कोषले प्रतिफल वितरण प्रयोजनको लागि साउन १३ गते बुक क्लोज गर्ने भएको छ ।

योजनाले आव २०७७र७८ को लागि इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको छ । सोही प्रयोजनका लागि योजनाले बुक क्लोजको मिति तय गरेको हो ।

योजनाले बुक क्लोजको अघिल्लो दिन अर्थात् साउन १२ गतेसम्मका कायम शेयरधनी मात्र उक्त प्रतिफलको हकदार हुने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय