अमेरिकाको न्युयोर्कमा समुद्री आँधी हुर्रिकेनपछि आएको बाढीमा परी तीन नेपालीको मृत्यु भएको छ । न्युयोर्कको क्विन्स सहरमा बस्नै एकै परिवारका तीनजना नेपालीको मृत्यु भएको न्युयोर्क पोष्टले बताएको छ ।

समाचारमा उल्लेख गरिएअनुसार दुई वर्षीय बालक लोबसाङ लामा, उनका ४८ वर्षीया आमा मिङ्मा शेर्पा र ५० वर्षीय बाबु आङ गेलु लामाको मृत्यु भएको हो ।

बिहीबार आएको बाढी उनीहरुको अपार्टमेन्टमा छिरेपछि उनीहरु थुनिएका थिए । घर मालिकले उनीहरुलाई केही समयपछि बाहिर निस्किन भन्दै बोलाए तर उनीहरुबाट कुनै जवाफ आएन । साढे तीन बजेतिर उद्धारकर्ताले उनीहरुको शव निकालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय