काठमाडौं । कीर्तिमानी २१औं ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा रहेका नोभाक जोकोभिचले यूएस ओपनमा डेनमार्कका होल्गर भिटुस नोड्सकोभ रुनेलाई ३–१ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएका छन् ।
यसवर्ष अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन टेनिसको उपाधि जितिसकेका ३४ वर्षे जोकोभिचले बाँकी सेटमा सहज नतिजा निकाले पनि दोस्रो खेल गुमाएका थिए । सर्वियाका जोकोभिचले ६–१, ६–७९५र७०, ६–२, ६–१ को नतिजामा जित निकालेका हुन् ।
जोकोभिचले अब दोस्रो चरणमा नेदरल्यान्डका टलोन ग्रिक्सस्पुरविरुद्ध खेल्नेछन् । उनले जर्मनीका जन–लेनार्ड स्ट्रफलाई २–६, ७–६९७र३०, ४–६, ६–४, ७–५ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेका हुन् ।
जापानका केइ निशिकोरीले पनि इटालीका साल्भाटोरे कारुसोलाई ६–१, ६–१, ५–७, ६–३ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेका छन् । निशिकोरीले अब अमेरिकाका म्याकेन्जी म्याकडोनाल्डसँग प्रतिस्पर्धा गर्नेछन् । म्याकडोनाल्डले बेल्जियमका डेबिड गोफिनलाई ६–२, ७–५, ६–३ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएका हुन् ।
क्यानडाका सातौं वरीयाताप्राप्त डेनिस शापोभालोपले अर्जेन्टिनाका फेडरिको डेलबोनिसलाई ६–२, ६–२, ६–३ को सेटमा हराए । त्यस्तै सातौं वरीयाताप्राप्त माट्टेयो बेरेट्टिीले फ्रान्सका जेरेमी चार्डलीलाइ ७–६९७÷५०, ७–६९९र७०, ६–३ को सेटमा हराउदै दोस्रो चरणमा स्थान पक्का गरे ।
नवौं वरीयाताप्राप्त पाब्लो कारेनो बुष्टाले अमेरिकाका म्याक्सिम क्रेसीलाई ५–७, ४–६, ६–१, ६–४, ७–६९९र७० को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाए ।