
१५ भदौ, काठमाडौं । तपाइ– हामी दैनिकजसो गुगलमा कुनै न कुनै चिज वस्तु सर्च गरिरहेका हुन्छौं । घर, अफिस लगाएतमा फ्रि–वाईफाई पायौं भने तुरुन्तै नेट जोड्ने र विभिन्न कुराहरु युट्युव, फेसबुक, टिकटक, लगाएत बिभिन्न एप्सहरु सर्च गर्ने प्राय हामी सबैको बानी नै हुन्छ ।
तर गुगलमा सर्च गर्दा विभिन्न कुरामा ध्यान पुर्याउन जरुरी छ । अन्यथा आँफैलाई घातक हुनसक्छ । आज हामीले तपाईलाई गुगलमा झुक्किएरपनि कहिलै सर्च गर्न नहुने बस्तुको बारेमा जानकारी दिदैछौं । ति निम्न पाँच प्रकार रहेका छन्ः
बम बनाउने तरिका
गुगलमा झुक्किएर पनि बम बनाउने तरिका सर्च नगर्नुहोस् । बम बनाउने तरिका वा यससँग सम्बन्धित कुनै पनि चिज सर्च गरेकै कारण तपाईं जेल जानुपर्ने अवस्था समेत आउन सक्छ । तपाईं यस किसिमका कुराहरु यदि गुगलमा सर्च गर्नुहुन्छ भने तपाईंको आईपी एड्रेस सोझै सुरक्षा निकायसम्म पुग्नेछ । त्यसपछि सुरक्षा निकायले तपाईं विरुद्ध कारबाही अगाडि बढाउन सक्छ ।
गुगलबाट सोझै मोबाइल एप डाउनलोड नगर्नुहोस्
हामी कुनै एप प्लेस्टोर वा एप्पल एप स्टोरबाट डाउनलोड नगरेर त्यसलाई गुगलमा सर्च गर्दछौं । यसो गर्दा कतिपय समय फर्जी एपहरु डाउनलोड गर्न पुग्दछौं । जसले हाम्रो डिभाइसलाई हानी पु¥याउनुका साथै हाम्रो फोनमा रहेको डेटा समेत चोरी गर्दछन् । त्यसैले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट मात्रै एप डाउनलोड गर्ने बानी बसाल्नुहोस् ।
निजी ईमेल गुगलमा सर्च नगर्नुहोस्
याद राख्नुहोस्, आफ्नो निजी ईमेल लगईनका लागि गुगल सर्च गर्नुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । यसो गर्दा तपाईंको अकाउन्ट नै ह्याक हुन सक्ने जोखिम हुन्छ । यसबाट तपाईंको ईमेलबाट स्क्याम हुन सक्दछ र तपाईं कानूनी झन्झटमा पर्न सक्नुहुन्छ । त्यसैले ईमेल लगईन गर्दा आधिकारिक एप तथा ब्राउजरको युआरएलमा सोझै टाइप गर्नुहोस् ।
कस्टमर केयर नम्बर
हामी कुनै न कुनै उत्पादन प्रयोग गरिरहेका हुन्छौं । त्यसमा कुनै किसिमको समस्या आउँदा कस्टमर केयरलाई कल गर्ने विषयमा सोच्न थाल्छौं । कतिपय समय हामीलाई सम्बन्धित कस्टमर केयरको नम्बर थाहा हुँदैन । यस्तोमा गुगलको सहारा लिन थाल्दछौं ।
विभिन्न एजेन्सीको सहयोगमा