
१३ भदौ, काठमाडौं । नेपाल जनप्रगतिशील मोर्चा मध्यपुर्वले मजदुरको लेवि दुरुपयोग नगर्न चेतावनी दिएको छ । मोर्चाका संयोजक बेद बोहराले आज विज्ञप्ति जारी गर्दै मजदुरको लेवि दुरुपयोग गरेका व्यक्तिहरु फेरी नागरिक झुक्याउन हिँडेको भन्दै सम्पुर्ण नेपाली नागकिलाई सजग रहन पनि सुझाव दिएका छन् ।
विभिन्न काण्डमा मुछिएपछि साधारण सदिस्यता समेत नरहनेगरी निस्काशित भएका तत्कालीन अध्यक्ष रमेश गिरिले आफ्ना पकेटका केही व्यक्तिलाई लिएर बेद बोहरा नेतृत्वकोे नेपाली जनप्रगतिशील मोर्चाको विरुद्धमा समानान्तर कमिटी गठन गरेको समेत बताएका छन् ।
साथै नेपाली जनप्रगतिशिल मध्यपुर्वको हकमा बेद बोहरा संयोजक रहेको नेपाली जनप्रगतिशील मध्यपुर्व मोर्चाभन्दा बाहिर अन्य कुनै मोर्चा नरहेको समेत विज्ञप्ति माफर्त सम्पुर्ण बुद्धिजीवी, शुभ चिन्तक र जनसमुदाय लगाएत मध्यपुर्वमा स्थापीत विभिन्न संघ–संस्थाहरुलाई जानकारी समेत गराएको विज्ञप्तिामा उल्लेख गरेका छन् ।