५ भदौ, काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) को निर्वाचनमा मध्यपूर्व युवा सहसंयोजकमा निराजन खत्रीले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा हुने एनआरएनएको १०औं महाधिवेशनका लागि मध्यपूर्व तर्फबाट क्षेत्रीय सह–संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

युवाहरुको नेतृत्व युवाहरुले नै लिनुपर्ने भएकाले आफूले उम्मेदवारी घोषणा गरेको खत्रीले बताए । करिब आधा दशकदेखि आफू एनआरएन अभियानमा रहेको भन्दै उनले युवाहरुको क्षेत्रीय सहसंयोजकका लागि आफू योग्य उम्मेदवार भएको बताए । खत्री हाल एनआरएनए युएईको क्षेत्रीय समन्वय परिषद्को उपाध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय