
३ भदौ, काठमाडौं । भारतमा आफन्त भेटेर घर फर्किने क्रममा नाकामा बेहोस भएर ढलेका कञ्चनपुरका एक जनाको मृत्यु भएको छ । आज १२ बजेको समयमा गौरीफण्टा नाका हुँदै घर फर्किनका लागि कञ्चनपुरको डोकेबजारमा पुगेका लालझाडी गाउँपालिका रैतिने बिछुवाका ५२ वर्षीय रामदिङ रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार रामदिङ इन्डियामा रहेका आफन्तलाई भेटेर घर फर्किनेक्रममा डोकेबजारमा बेहोस भएर ढलेका थिए ।
उनी एक्कासि बेहोस भएर ढलेपछि एम्बुलेन्स बोलाएर उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पु¥याइएको थियो । त्यहाँ लगेको केही छिनमै उनको मृत्युको भएको हो ।