
काठमाडौं- सरकारले प्रदेश नम्बर २ मा नयाँ प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुख बनाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
गृहमन्त्री बालकृष्ण खाणले आज बसेको मन्त्रिपरिषद बैठकले मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरिएको बताए। मिश्र नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य र पूर्वसांसद हुन्।
उनले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए।प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र पूर्वमन्त्री रामनारायण मिश्रका छोरा हुन्। रामनारायण बिपी कोइराला नेतृत्वको सरकार हुँदा २०१६ सालमा उद्योग मन्त्री थिए।