जुम्ला । जुम्ला सदरमुकाम खलंगामा भालुको आक्रमण बाट ३ जना व्यक्ति गम्भीर घाइते भएका छन् । बिहिवार बिहानै बिच बजारमा पसेको भालुले दुई जना स्थानीय व्यक्तिलाई आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।
पछि दिउँसो चन्दननाथ ४ सिंगाचौर स्थित आशिष सार्कीको गोठमा उक्त भालु लुकेको अवस्थामा पाइएको थियो । पछी उक्त भालुले आशिष सार्किलाई पनि आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो ।
भालुलाई नियन्त्रणमा लिन दिनभर प्रयास गरेपनि असफल भएको र स्थानियको ज्यान जोखिममा रहेको भन्दै उक्त भालुलाई गोलि हानेर मारिएको छ ।
भालुको जम्मा तौल २ क्विन्टल, लम्बाई ५ फिट, चौडाइ ३ फिट र गोलाई ४ फिट रहेको डिभिजन वन कार्यालयकाले जानकारी दिएको छ । बिहिवार नै भालुलाई डिभिजन वन कार्यालयको चौरमा ८ फिट खाल्डो खनेर पुरिएको छ ।