कााठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नेकपा एसलगायतको एकता भाँड्न घरफर्क अभियान सुरु गरेको जनाएको छ ।
दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकको धारणा सार्वजनिक गर्दै केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले ओलीको उद्घोषले पार्टी एकतामामा कुनै असर नपर्ने जिकिर गरेका छन् ।
‘हाम्रो यस ऐतिहासिक निर्णयबाट अत्तालिएर केपी ओलीले घरफर्क भन्ने भ्रमजाल फ्याकेका हुन् । हाम्रो बिचको एकता प्रक्रियालाई भाँड्ने उनको यो दुष्प्रयास मात्रै हो ’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट कोही पनि भ्रमित नहुनु र सिङ्गो पार्टी पङ्तिलाई केन्द्रीय कमिटीको निर्णयको पक्षमा दृढतापूर्वक उभिन हार्दिक आह्वान गर्दछ । ’



										
										
												
												
												
												
												
												
											
								
								
								
								
								

