काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका क्रममा हिंसात्मक कुकर्म गर्नेहरू सबैलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन्’, पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् – सबैलाई कडा कारबाही गरौं ।’

जेनजी आन्दोलन गत भदौ २३ र २४ गते भएको थियो । २३ गते प्रहरीको गोली लागेर २२ जना बालबालिकाको मृत्यु भएको थियो । बालबालिकाको मृत्यु भएको आक्रोशमा २४ गते देशभर प्रदर्शन हुँदा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएका छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिको घरमा समेत आगजनी र तोडफोड भएका छन् ।

यस सन्दर्भमा एमाले महासचिव पोखरेलले जेनजी आन्दोलनका क्रममा हिंसात्मक कुकर्म गर्नेहरू सबैलाई कडा कारबाही गर्नुपर्ने बताएका हुन् । उनी अगाडि थप्छन्, ‘देश जलिरहेको बेला आरोप-प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय