काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज हुँदै छ ।

काठमाडौं जिल्ला अदालतमा महरामाथिको थुनछेक बहस हुन लागेको हो ।

थुनछेक बहसपछि अदालतले महरालाई धरौटीमा छाड्ने अथवा थुनामै राख्ने भन्ने आदेश सुनाउनेछ ।

भेप सुन तस्करी प्रकरणमा महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको थियो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सीआईबीले उनलाई आइतबार पक्राउ गरेको थियो ।

महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो । महराविरुद्ध आठ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय