काठमाडौं। नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दैछ ।

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्न लागेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार आजको बैठक दिउँसो एक बजे बोलाइएको छ ।

बैठकमा सहभागीहरुले जेनजी युवा आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीका आगामी योजना र पछिल्ला घटनाक्रमकमा केन्द्रित भएर धारणा राख्दै आएका छन् ।

‘मुलभूत रुपमा अहिले जुन परिवेश छ, जुन किसिमको घटनाक्रम देशमा भएको छ । यसले जुन चुनौती हाम्रोसामु खडा गरेको छ । यो परिस्थितिबाट कसरी अगाडि बढ्ने र एउटा आत्मविश्वास, सकारात्मक परिस्थिति कसरी विकास गर्ने रु लोकतान्त्रिक मूल्यमान्यता र समग्र देशलाई कमजोर हुनबाट कसरी जोगाउने भन्नेबारे कुरा राखिएको छ,’ महतले भने ।

त्यस्तै, आगामी २६ गते बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबारे पनि छलफल गरिएको महतले बताए । ‘केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा जानुअघि समान धारणा विकसित होस् भनेर छलफल भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय