काठमाडौं । सामाजिक सञ्जालर अहिले म
कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई कुटपिट गरिएको भिडिओ भाइरल भइरहेको छ।

जसका कारण धेरैको मनमा प्रश्न उठेको छ-आखिर ‘माग्ने बुढा’लाई कसले, किन कुट्यो  ? 

यसैबीच अभिनेता घिमिरेले आफूमाथि आक्रमण भएजस्तो देखिने भिडिओको वास्तविकताबारे जानकारी गराएका छन्।

आज दिउँसो फेसबुकमा लाइभ गर्दै उनले आगामी फिल्म ‘माइतीघर’ प्रचारप्रसारका लागि अन्तर्वार्ता दिन केही युट्युब च्यानलसमक्ष गएको र त्यस क्रममा प्र्या‌ंक भएको बताएका हुन्।

‘धेरै जना शुभचिन्तकले त्यो भिडिओ के हो भनेर सोधिराख्नु भएको छ। यसबारे स्पष्टीकरण दिन चाहन्छु’, घिमिरेले भनेका छन्, ‘उहाँले आएर अलिकति थर्काउने त भनेको थियो तर उहाँले हातपात नै गर्नुभयो। त्योचाहिँ प्लानिङ थिएन।’

तैपनि त्यसलाई ठट्टाकै रूपमा लिएको उनले बताएका छन्।

‘टुक्रा मात्र भाइरल हुँदा साथ सपोर्ट गर्नेको चासो र चिन्ता आयो। यसबाट पर्न गएको चोटबारे क्षमा पनि माग्न चाहन्छु’, घिमिरेले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय